परियोजनाको नाम: पिउने पानीको गुणस्तर निःशुल्क परीक्षण गरौं !
कार्यक्रम मिति: २०८२ साल आश्विन १० गते
स्थान: धनगढीमाई नगरपालिका–२, भवानीपुर, बेतहा , धनगडा, सल्हेस्टोल र कट्टीटोल , रामपुर, pokharvinda, bhatiyatoel, pirarboni, Siraha
आयोजक संस्था: Save Aging Campaign Nepal (SAC Nepal)
मुख्य संयोजक: रामजी साह (संस्थापक, SAC Nepal)
सहभागी सदस्यहरू: SAC Nepal का सक्रिय सदस्यहरू र स्थानीय स्वयंसेवकहरू
परियोजनाको उद्देश्य
- स्थानीय बासिन्दाहरूलाई पिउने पानीको गुणस्तरको महत्व बारे सचेत बनाउने।
- पानीको pH स्तर परीक्षण गरी सुरक्षित वा असुरक्षित पानीको अवस्थाबारे जानकारी प्रदान गर्ने।
- समुदायमा स्वास्थ्य सचेतना र सरसफाइको व्यवहार सुधार गर्ने।
कार्यको विवरण
यो अभियान अन्तर्गत धनगढीमाई नगरपालिका–२ का भवानीपुर, बेटहा, डङ्गडा र कट्टीटोल क्षेत्रका कुल १८० घरपरिवारका पिउने पानीका नमूनाहरू संकलन गरी निःशुल्क रूपमा pH परीक्षण गरियो।
- प्रत्येक घरबाट करिब २५० मि.लि. पानीको नमूना संकलन गरिएको थियो।
- नमूनाहरूलाई फिल्डमा नै डिजिटल pH मीटरको प्रयोगबाट परीक्षण गरियो।
- परीक्षणका नतिजाहरू घरधनीहरूलाई तत्काल जानकारी गराइयो।
प्रमुख निष्कर्षहरू
- अधिकांश घरहरूमा pH स्तर ६.५ देखि ७.५ को बीचमा पाइयो, जुन सुरक्षित दायरामा पर्दछ।
- केही क्षेत्रहरूमा pH स्तर ६ भन्दा तल र ८ भन्दा माथि भेटिए, जसले सम्भावित दूषित वा अम्लीय/क्षारीय पानीको संकेत गर्दछ।
- असामान्य pH भएका घरपरिवारहरूलाई उबालेर पिउने, फिल्टर प्रयोग गर्ने र भू-जल परीक्षण पुनः गराउने सल्लाह दिइयो।
सामुदायिक सहभागिता
स्थानीय बासिन्दाहरू, विद्यार्थीहरू र महिला समूहहरू सक्रिय रूपमा सहभागी भएका थिए।
कार्यक्रममा SAC Nepal का प्रतिनिधिहरूले सुरक्षित पानीका मापदण्ड र दीर्घकालीन स्वास्थ्य प्रभाव सम्बन्धी सचेतना सन्देश पनि दिएका थिए।
आगामी कार्य योजना
- अन्य वडा र टोलहरूमा पनि विस्तार गर्ने योजना।
- ब्याक्टेरियोलोजिकल परीक्षण (E. coli, टर्बिडिटी) जस्ता विस्तारित परीक्षणहरू सुरु गर्ने तयारी।
- स्थानीय विद्यालयहरूमा “स्वच्छ पानी, स्वस्थ जीवन” विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने।
उपचार भन्दा रोकथाम राम्रो हो
“सेवा नै धर्म हो” “पानी नै जीवन हो”
पानी धेरै अम्लीय (non-alkaline) भएमा यी रोग र समस्या देखिन सक्छन्:
- ग्यास्ट्रिक (Gastritis) – पेट दुख्ने, अम्लपित्त बढ्ने
- अल्सर (Ulcer) – पेट वा आन्द्रामा घाउ
- एसिड रिफ्लक्स (Acid Reflux / GERD) – छाती पोल्ने र अमिलो डकार
- कलेजोसम्बन्धी समस्या (Liver Problems)- शरीरमा लगातार थकाइ र कमजोरी महसुस हुनु, छाला र आँखामा पहेंलोपन देखिनु (पीलिया), पेट दुखाइ वा पेटको दायाँ भागमा भारीपन महसुस हुनु, पेट फुल्ने (Ascites), वाकवाकी, बान्ता र भोक नलाग्ने, गाढा रङको पिसाब आउनु, शरीरमा छाला चिलाउने, रगत जम्न ढिलाइ हुने (साना घाउमा पनि चाँडै रगत बग्ने)
- मिर्गौला रोग (Kidney Disease) – पत्थरी वा मिर्गौला बिग्रन सक्ने
- हड्डी कमजोर हुने (Osteoporosis) – क्याल्सियम कमी भई हड्डी पातलो हुने
- प्रतिरक्षा शक्ति घट्ने (Low Immunity) – रोगसँग लड्ने क्षमता कम हुनु
फोहर पानी प्रयोग गर्दा हुने प्रमुख रोगहरू:
- डैरिया (Diarrhea) – पखाला
- कालाज्वर (Kala-azar / Leishmaniasis)– लामो समयसम्म ज्वरो आउने,शरीर धेरै दुब्लो हुने, तिल्ली (Spleen) र कलेजो (Liver) ठूलो हुने, शरीरमा कमजोरी र रक्तअल्पता (Anemia), कालोपन देखिनु (विशेष गरी छालामा)
- टाइफाइड (Typhoid) – मिजाज- लगातार उच्च ज्वरो आउनु, टाउको दुख्नु र शरीर दुखाइ, कमजोरी र थकाइ महसुस हुनु, पेट दुखाइ वा पेट फुल्नु, कब्जियत वा पखाला हुनु, वाकवाकी र बान्ता, भोक कम लाग्नु, छालामा साना रातो दाग देखिनु (Rose spots)
- हेपाटाइटिस ए (Hepatitis A) – कलेजो सुन्निने रोग
- कलेजोको संक्रमण (Hepatitis E)- लगातार थकाइ र कमजोरी महसुस हुनु, हल्का वा उच्च ज्वरो आउनु, भोक कम लाग्नु, वाकवाकी र बान्ता हुनु, पेट दुखाइ वा पेट भारी महसुस हुनु, छालामा र आँखामा पहेंलोपन देखिनु (पीलिया), गाढा रङको पिसाब आउनु,पखाला वा पाचनसम्बन्धी समस्या हुनु
- कलेरा (Cholera) – हैजा
- आन्तरिक परजीवी संक्रमण (Intestinal Worms / Helminthiasis) – पेटका कीरा, पेट दुखाइ वा पेट फुल्नु, बारम्बार पखाला वा कब्जियत,वाकवाकी वा बान्ता,भोक नलाग्ने वा असामान्य बढी भोक लाग्ने, तौल घट्ने र शरीर कमजोर हुनु, रक्तअल्पता (Anemia) – छाला फिका देखिनु, मलमा किरा देखिनु, बालबालिकामा पेट फुल्ने र पढाइ/विकासमा असर पर्नु
- डिसेन्ट्री (Dysentery) – रगत मिसिएको पखाला
घरमा क्षारीय पानी कसरी बनाउने (How to make Alkaline Water at home)
माटोको भाँडोमा ५-६ गिलास पानी लिनुहोस् । कागतीलाई आधा काट्नुहोस्। आधा कागतीको रस पानीमा मिसाउनुहोस्। अर्को आधा पातलो टुक्राहरू काटेर पानीमा मिसाउनुहोस् । त्यस्तै केही पुदिनाका टुक्राहरू काट्नुहोस् र यसलाई पनि थप्नुहोस् ।
केहि घण्टा पछि तपाईंको क्षारीय पानी तयार हुन्छ। यो पानीले तपाईंलाई सुपर चार्ज गर्नेछ र तपाईंलाई क्षारीय पानीको फाइदाहरू दिन्छ।
सङ्कलन गरिएको सन्दर्भहरू:
- विश्व स्वास्थ्य संगठन (WHO)
- WHO Drinking-water Guidelines – World Health Organization
- WHO Fact sheets on Diarrhoeal disease, Typhoid, Cholera, Leishmaniasis, Hepatitis A/E
- युनिसेफ (UNICEF)
- UNICEF WASH (Water, Sanitation and Hygiene) Reports
- सेंटर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC, USA)
- CDC Fact sheets: Hepatitis A/E, Typhoid Fever, Cholera, Intestinal Parasites, Leishmaniasis
- CDC – Drinking Water & Public Health
- नेशनल इन्स्टिच्युट अफ हेल्थ (NIH, USA)
- MedlinePlus (NIH) – Liver disease, Gastritis, GERD, Osteoporosis, Kidney disease
- पबमेड (PubMed) / NCBI
- Research articles on alkaline water health effects, waterborne diseases
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC)
- Reports on waterborne diseases in Nepal
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार
- Annual Health Reports
- Guidelines on Safe Drinking Water & Sanitation
यो नारा “पिउने पानीको गुणस्तर निःशुल्क परीक्षण गरौं !” किन प्रयोग गर्ने भन्ने कारणहरू:
- स्वास्थ्य सुरक्षाको लागि – दूषित पानीले टाइफाइड, हैजा, दिर्घरोग (जस्तै मिर्गौला समस्या) निम्त्याउन सक्छ, त्यसैले गुणस्तर जाँच अनिवार्य हुन्छ।
- सजगता अभिवृद्धि – आम नागरिकलाई पानीको गुणस्तरप्रति सचेत बनाउन।
- सस्तो र भरपर्दो उपाय – निःशुल्क परीक्षणले सबैलाई सहज पहुँच दिन्छ, ।
- पारदर्शिता र विश्वास – निःशुल्क परीक्षण कार्यक्रमले सरकार वा संस्थाप्रतिको जनविश्वास बढाउँछ।
- रोकथाम उपचारभन्दा राम्रो – रोग लागेपछि खर्चिलो उपचार गर्नुभन्दा पहिले नै दूषित पानी पत्ता लगाएर रोकथाम गर्न सकिन्छ।
- सामाजिक जिम्मेवारी – समुदायमा स्वच्छ पानीप्रति साझा जिम्मेवारी र सहकार्यको भावना विकास हुन्छ।
यो अभियान स्वास्थ्य, सजगता र सामुदायिक सुरक्षाका लागि सबैभन्दा सरल तर प्रभावकारी पहल हो।
निष्कर्ष
पिउने पानीको गुणस्तर निःशुल्क परीक्षण गरौं !” परियोजनाले स्थानीय समुदायमा पानीको सुरक्षा र स्वास्थ्यको महत्त्वबारे सकारात्मक सन्देश पुर्याएको छ। रामजी साहको नेतृत्वमा गरिएको यो अभियान SAC Nepal को स्वास्थ्य र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो।