नयाँ नेपालको संविधान 2082
(दुई-दलीय प्रणालीमा आधारित प्रारम्भिक मस्यौदा)
प्रस्तावना
New Nepal Constituion 2082, हामी नेपाली जनताले सार्वभौमिक अधिकार, राष्ट्रिय एकता, सामाजिक न्याय, समानता र दिगो विकासलाई आत्मसात् गर्दै, लोकतान्त्रिक मूल्य र परम्परालाई संरक्षण गर्ने दृढ संकल्पका साथ, “नयाँ नेपाल” का लागि यो संविधान जारी गर्दछौं।
भाग १: राष्ट्र, सार्वभौमसत्ता र नागरिकता New Nepal Constituion 2082
- नेपाल एक स्वतन्त्र, अखण्ड, संघीय लोकतान्त्रिक गणतन्त्र हो।
- सार्वभौमसत्ता नेपाली जनतामा निहित हुन्छ।
- नेपाली नागरिकता जन्म, वंश वा कानुनी प्रक्रियाद्वारा प्राप्त गर्न सकिन्छ।
भाग २: राज्य संरचना New Nepal Constituion 2082
(i) दुई-दलीय प्रणाली :
- राष्ट्रिय राजनीति केवल दुई प्रमुख राजनीतिक दलले सञ्चालन गर्नेछन्।
- निर्वाचन आयोगले दुई दललाई मात्र वैधानिक मान्यता दिनेछ।
- स्वतन्त्र उम्मेदवारलाई चुनावमा भाग लिन पाउने व्यवस्था रहनेछ, तर निर्वाचनपश्चात् उनीहरूले कुनै एक दल रोज्नुपर्नेछ।
(ii) कार्यपालिका :
राष्ट्रप्रमुख:
- राष्ट्रपति केवल प्रतीकात्मक राष्ट्रप्रमुख रहनेछन्।
- राष्ट्रिय एकता, संविधानको संरक्षण र औपचारिक कार्य (जस्तै शपथग्रहण, संवैधानिक नियुक्ति प्रमाणिकरण) मात्र गर्ने।
- स्थानीय तहका नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले राष्ट्रपतिलाई मतदान गर्ने
राष्ट्रपति हुने योग्यता:
- नेपाली नागरिक हुनुपर्छ।
- कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ।
- न्यूनतम स्नातक (Bachelor’s Degree) वा सो सरह शैक्षिक योग्यता प्राप्त भएको।
- सार्वजनिक जीवन, सामाजिक सेवा, प्रशासन, राजनीति, कानुन वा कूटनीतिमा कम्तीमा १० वर्षको अनुभव भएको।
- कुनै गम्भीर आपराधिक मुद्दामा सजाय नपाएको।
- आर्थिक अपराध, भ्रष्टाचार वा राष्ट्रघाती गतिविधिमा संलग्न नभएको।
- राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्ने व्यक्तिले आफ्नो राजनीतिक दलको सक्रिय सदस्यता अनिवार्य रूपमा त्याग्नुपर्नेछ।
- राष्ट्रपतिको पद राष्ट्रिय एकताको प्रतीक मात्र हुने भएकाले उम्मेदवार दलगत पक्षपातमुक्त हुनु आवश्यक।
- पूर्ण मानसिक र शारीरिक क्षमता भएको।
- संविधान र लोकतान्त्रिक मूल्यहरूको प्रति आस्था भएको।
प्रधानमन्त्री उम्मेदवार हुने योग्यता:
- नेपाली नागरिकता प्राप्त भएको कम्तीमा ३५ वर्ष उमेर पुगेको व्यक्ति,
- उच्च शिक्षित {न्यूनतम स्नातक (Bachelor’s Degree)},
- कुनै गम्भीर आपराधिक मुद्दामा सजाय नभोगेको।
प्रधानमन्त्रीको अधिकार:
- प्रधानमन्त्री कार्यपालिका प्रमुख हुनेछन्, जसलाई प्रत्यक्ष जनमतबाट देशभरका सबै योग्य मतदाताले निर्वाचित गर्नेछन्।
- मन्त्रिपरिषद् गठन गर्ने अधिकार प्रधानमन्त्रीसँग हुनेछ।
- राष्ट्रको नीतिगत निर्णय, बजेट कार्यान्वयन, विदेश नीति र सुरक्षा संयन्त्र सञ्चालन गर्ने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको हुनेछ।
- प्रधानमन्त्रीले सशस्त्र बल र सुरक्षासंस्थाको सर्वोच्च नेतृत्व गर्नेछन्।
(III) विधानसभा (संसद) :
- प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदन रहनेछन्।
- प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछ।
- राष्ट्रियसभा प्रदेश सभाहरूबाट परामर्शद्वारा गठन हुनेछ।
- स्थानीय तहका नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले राष्ट्रियसभालाई मतदान गर्ने
(IV) न्यायपालिका :
- स्वतन्त्र सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत रहनेछन्।
- न्यायपालिका कार्यपालिका र विधायिकाबाट स्वतन्त्र हुनेछ।
भाग ३: मौलिक अधिकार र कर्तव्य
- समानता र गैर-भेदभावको अधिकार।
- शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको अधिकार।
- अभिव्यक्ति, पत्रकारिता र संगठन स्वतन्त्रताको अधिकार।
- नागरिकको कर्तव्य : राष्ट्रप्रेम, कर तिर्ने, संविधान र कानुन पालना गर्ने।
भाग ४: निर्वाचन प्रणाली
- प्रत्येक ५ वर्षमा आम निर्वाचन हुनेछ।
- दुई दलबीच बहुमत ल्याउने दलले सरकार गठन गर्नेछ।
- अर्को दल सशक्त विपक्षी दलका रूपमा काम गर्नेछ।
भाग ५: सुशासन र जवाफदेहिता
- भ्रष्टाचारविरुद्ध कडा कानुन र विशेष अदालत स्थापना गरिनेछ।
- सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई गम्भीर अपराध मानिनेछ।
- सूचना प्रविधि र ई-शासन मार्फत पारदर्शिता सुनिश्चित गरिनेछ।
भाग ६: राष्ट्रिय एकता र समावेशीता
- सबै जाति, धर्म, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने।
- महिलाहरू, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्ति तथा वरिष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्ने।
- राष्ट्रिय समावेशी परिषद् गठन गरिनेछ।
भाग ७: रक्षा, सुरक्षा र परराष्ट्र नीति
- नेपाल एक स्वतन्त्र, असंलग्न र शान्तिप्रिय देश रहनेछ।
- राष्ट्रिय सेना, प्रहरी र सशस्त्र प्रहरीलाई संविधानअनुसार सञ्चालन गरिनेछ।
- छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिनेछ।
भाग ८: संविधान संशोधन New Nepal Constituion 2082
- संविधान संशोधन गर्न संसदको दुई-तिहाइ बहुमत आवश्यक हुनेछ।
- जनताको प्रत्यक्ष सहमति आवश्यक पर्ने संवेदनशील विषयहरूमा जनमतसंग्रह गरिनेछ।
निष्कर्ष: New Nepal Constituion 2082
नयाँ नेपालको संविधान २०८२ ले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, सामाजिक न्याय र दिगो विकासलाई आधार मानेर भविष्यको दिशा तय गर्दछ। यसले नागरिकलाई मौलिक अधिकार सुनिश्चित गर्दै, जिम्मेवारी र कर्तव्य स्पष्ट पार्छ। राजनीतिक स्थिरता, सुशासन र समावेशीतालाई केन्द्रमा राख्दै, नयाँ संविधानले नेपाललाई समृद्ध, न्यायपूर्ण र शान्त राष्ट्र बनाउने आधारशिला निर्माण गरेको छ।
Please Share to all for support of New Nepal constitution 2082 creation. Thank you.