Adopt the 7 Habits of Success Today and Change your Future.
प्रेरणादायी सन्देश
सफलताको ७ बानी, सफलता केवल भाग्यले होइन, सही बानीहरूले निर्माण हुन्छ। यदि हामी यी सात बानीहरूलाई दैनिक जीवनमा अभ्यास गर्न सक्यौं भने, हामी प्रभावकारी व्यक्तित्व, उत्कृष्ट नेतृत्व र अर्थपूर्ण जीवन निर्माण गर्न सक्छौं। आजैबाट यी बानीहरू अपनाऔं र आफूलाई सफलताको नयाँ उचाइमा पुऱ्याऔं
आजै अपनाऔँ सफलताको ७ बानी, बदलाऔँ आफ्नो भविष्य
१. सक्रिय बन्नु (Be Proactive): सफलताको ७ बानी
- आफ्नो जीवनको जिम्मेवारी आफैँ लिनुहोस् ।
- परिस्थितिलाई दोष नदिनुहोस्।
- आफ्नो सोच, निर्णय र व्यवहारको जिम्मेवारी आफैं लिनुहोस् ।
- समस्याभन्दा समाधानमा ध्यान दिनुहोस् ।
सन्देशः म परिवर्तनको सुरुवात आफैबाट गर्छु ।
२. अन्तिम लक्ष्यलाई मनमा राखेर सुरुवात गर्नु (Begin with the End Goal in Mind) सफलताको ७ बानी
- स्पष्ट लक्ष्य र उद्देश्यका साथ काम सुरु गर्नुहोस् ।
- आफ्नो जीवनको उद्देश्य निर्धारण गर्नुहोस्।
- दीर्घकालीन र अल्पकालीन लक्ष्य बनाउनुहोस् ।
- प्रत्येक निर्णयलाई आफ्नो लक्ष्यसँग जोड्नुहोस् ।
सन्देशः गन्तव्य स्पष्ट भए यात्रा सफल हुन्छ ।
३. महत्वपूर्ण कामलाई पहिलो प्राथमिकता दिनु (Put First Things First )
- महत्वपूर्ण कामलाई समयमै सम्पन्न गर्नुहोस्।
- समयको सही व्यवस्थापन गर्नुहोस्।
- अत्यावश्यकभन्दा पनि महत्वपूर्ण काममा ध्यान दिनुहोस्।
- आलस्य र टार्ने बानी त्याग्नुहोस्।
सन्देशः “प्राथमिकता सही भए सफलता निश्चित हुन्छ।”
४. सबैको जित हुने सोच राख्नु (Think Win-Win)
- आफ्नो मात्र होइन, सबैको हित हुने समाधान खोज्नुहोस्।
- सहयोग र विश्वासको वातावरण बनाउनुहोस्।
- प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुहोस् ।
- सम्बन्धलाई जीत-हारको आधारमा होइन, पारस्परिक फाइदाको आधारमा हेर्नुहोस् ।
सन्देशः “तपाईं पनि जित्नुहोस्, अरूलाई पनि जित्न दिनुहोस्।”
५. पहिले बुझ्नुहोस्, त्यसपछि बुझाउनुहोस्। (Seek First to Understand, Then to Be Understood)
- बोल्नुभन्दा पहिले ध्यान दिएर सुन्नुहोस् ।
- अरूको भावना र दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस् ।
- सहानुभूतिपूर्वक सुन्ने बानी विकास गर्नुहोस्।
- त्यसपछि मात्र आफ्नो विचार सम्मानपूर्वक प्रस्तुत गर्नुहोस् ।
सन्देशः “राम्रो श्रोता नै उत्कृष्ट वक्ता बन्न सक्छ।’
६. सहकार्यबाट उत्कृष्ट परिणाम निकाल्नु (Synergize)
- एकतामा शक्ति हुन्छ।
- सबैको क्षमता र विचारको सम्मान गर्नुहोस्।
- टोलीको रूपमा काम गर्दा उत्कृष्ट परिणाम प्राप्त हुन्छ ।
- फरक–फरक दृष्टिकोणलाई अवसरका रूपमा लिनुहोस् ।
सन्देशः “हामी मिलेर एक्लैभन्दा धेरै गर्न सक्छौं ।
७. आफूलाई निरन्तर निखार्नु (Sharpen the Saw); सफलताको ७ बानी
- शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा निरन्तर विकास गर्नुहोस्
- नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउनुहोस् ।
- नयाँ ज्ञान र सीप सिकिरहनुहोस् ।
- राम्रो सम्बन्ध निर्माण गर्नुहोस् ।
- आत्मचिन्तन, ध्यान वा आध्यात्मिक अभ्यासका लागि समय निकाल्नुहोस् ।
सन्देशः “निरन्तर सिकाइ र सुधार नै दीर्घकालीन सफलताको आधार हो । Read more
बानीहरूको सारांश: सफलताको ७ बानी
क्र.सं. | बानी | मुख्य सन्देश |
| १. | सक्रिय बन्नु (Be proactive) | आफ्नो जिम्मेवारी आफैँ लिनु |
| २. | अन्तिम लक्ष्यलाई मनमा राखेर सुरुवात गर्नु (Begin with the End Goal in Mind) | स्पष्ट लक्ष्य निर्धारण गर्नु |
| ३. | महत्वपूर्ण कामलाई पहिलो प्राथमिकता दिनु (Put First Things First ) | समय र प्राथमिकताको सही व्यवस्थापन गर्नु |
| ४. | सबैको जित हुने सोच राख्नु (Think Win-Win) | पारस्परिक लाभको सोच विकास गर्नु |
| ५. | पहिले बुझ्ने, त्यसपछि बुझाउने (Seek First to Understand, Then to Be Understood) | ध्यान दिएर सुन्ने र सम्मानपूर्वक बोल्ने |
| ६. | सहकार्यबाट उत्कृष्ट परिणाम निकाल्नु (Synergize) | टोलीको शक्ति प्रयोग गर्नु |
| ७. | आफूलाई निरन्तर निखार्नु (Sharpen the Saw) | जीवनभर सिक्ने र विकास गर्ने |
निष्कर्ष:
सफलता संयोगले होइन, सही सोच, सही निर्णय र सही बानीले निर्माण हुन्छ। आजैदेखि सफलताको यी ७ बानी आफ्नो दैनिक जीवनमा अभ्यास गर्न सुरु गरौँ। साना–साना सकारात्मक परिवर्तनहरूले ठूलो सफलता, प्रभावकारी व्यक्तित्व, उत्कृष्ट नेतृत्व र उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्छन्। आजको सही बानी नै भोलिको सफल भविष्यको आधार हो। आजैबाट परिवर्तनको सुरुवात गरौँ र सफलताको नयाँ उचाइतर्फ अघि बढौँ।

